Sagun Khabar
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो
Atrya hospital

काठमाण्डौं –जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

जसपा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएकाले अब प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने यादवले बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update