Sagun Khabar
रुकुम पश्चिममा जिप दुर्घटना : तीन जनाको मृत्यु 
Atrya hospital

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा रहेको नेपानेमा हिजो बेलुकी जीप पल्टिँदा तीन जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको जीप सडकबाट झण्डै दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

तीन जना घाइतेहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरेर फर्कने क्रममा उनीहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update