Sagun Khabar
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
Atrya hospital

कास्की–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।  माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् । 

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ । देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले सभामा विश्वास प्राप्त गरेका हुन् । 

संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता  पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेससँग २७ मत छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update