Sagun Khabar
फोहर व्यवस्थापनका लागि सुर्नया –२ मा डस्टबीन वितरण 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं २ को कार्यालयले फोहर व्यवस्थापनका लागि डस्टबीन वितरण गरेको छ । 

वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्यचौकी र पसल व्यवसायीहरुलाई डस्टबीन वितरण गरिएको वडा अध्यक्ष गणेशबहादुर बिष्टले जानकारी दिए । 

Atrya hospital

वडा कार्यालयले फोहर व्यवस्थापनका लागि ५० हजार बजेट विनियोजन गरेको र सोही बजेटबाट डस्टबीन खरीद गरेर वितरण गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

वडाभित्र रहेका ६ ओटा सामुदायिक विद्यालय र एक संस्थागत विद्यालय, स्वास्थ्यचौकी, गाउँटोलका पसलहरुमा ७२ ओटा डस्टबीन वितरण गरिएका छन् । 

गत बर्ष पनि वडा कार्यालयले फोहर व्यवस्थापनका लागि डस्टबीन वितरण गरेको थियो । वातावरणीय सरसफाइका लागि डस्टबीन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

वडाका जनप्रतिनिधि र कर्मचारीहरुले मंगलबार विद्यालयहरुमै पुगेर डस्टबीन वितरण गरेको वडा अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update