Sagun Khabar
करणी मुद्दामा न्यायधीश गिरीलाई ७ बर्ष कैद र ३ लाख जरीवाना 

काठमाण्डौं –करणी मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । 

Atrya hospital

सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको थियो । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध उनकी पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए । 

न्यायाधीश पत्नी रावल न्यायको माग गर्दै लामो समय सडक संघर्षमा उत्रिएकी थिइन् ।  पतिबाटै बलात्कार भएको मुद्दा किनारा लाग्न ढिलाइ भएको आरोप लगाउँदै उनी २०८० असार १० देखि दुई महिनासम्म अनसन बसेकी थिइन् । उनले २०८० माघ १ देखि दोस्रो चरणको अनसन थालेकी थिइन्। सरकारले गाँस, बास, कपास र जिविकोपार्जन सहितको पिडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै हाल अनसनमा छन् । 

सोमबार सजाय निर्धारणको क्रममा तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने स्रेस्तेदार शर्माले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update