Sagun Khabar
दोगडाकेदारको बित्तीय प्रगति ८५दशमलव ८१ प्रतिशत 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक बर्षमा ८५ दशमलव ८१ प्रतिशत बित्तीय प्रगति भएको जनाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ५४ करोड १ लाख ५२ हजार ४ सय रुपैयाँ बजेट विनियोजन गरेकोमा ४६ करोड ३५ लाख ५२ हजार ३ सय ४२ रुपैयाँ खर्च भएको छ । 

गाउँपालिकाले चालु खर्चतर्फ ४० करोड ६६ लाख ९४ हजार ८ सय ६६ रुपैयाँ विनियोजन गरेकोमा ३४ करोड ९३ लाख ५ हजार ७ सय ७१ रुपैयाँ खर्च भएको छ । यसरी चालु खर्चतर्फ ८५ दशमलव ९० प्रतिशत बित्तीय प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताए । 

Atrya hospital

यस्तै गाउँपालिकाले पूँजीगत खर्चतर्फ १३ करोड ३४ लाख ५७ हजार ५३३ रुपैयाँ विनियोजन गरेकोमा ११ करोड ४१ लाख ९५ हजार ५ सय ७० रुपैयाँ खर्च भएको जनाएको छ । यसरी पूँजीगततर्फ ८५ दशमलब ५६ प्रतिशत बित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । 

चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुलाई गाउँपालिकाले धन्यवाद समेत दिएको छ । 

Dogada-Bittiya-1720524493.jpg
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update