Sagun Khabar
बैतडीमा जिल्ला सभा सम्पन्न, के–के भए निर्णय ? 

बैतडी–विभिन्न १३ ओटा सार्वजनिक महत्वका निर्णय पारित गर्दै बैतडीमा आठौं जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बैतडीको आयोजनामा बुधबार जिल्ला सभा सम्पन्न भएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको सभामा सभाका सदस्यहरुको सहभागिता रहेको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । सभामा जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सदस्य रहने व्यवस्था रही आएको छ । 

Atrya hospital

जिल्ला सभाले धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने, सामाजिक विकास तथा गुणस्तरमा वृद्धि गर्ने, आर्थिक विकास र पूर्वाधार विकासमा जोड दिने, विपद् व्यवस्थापनमा सक्रियताका साथ लाग्ने, भूगर्भ र खानीहरुको सम्भाव्यता अध्ययन र उत्खननका लागि पहल गर्ने निर्णय गरेको छ । 

यस्तै जिल्ला सदरमुकाममा अल्पकालिन महिला सुरक्षा आवास गृह सञ्चालन समितिका कार्यविधि २०८१ बनाउने लगायतका १३ ओटा सार्वजनिक महत्वका निर्णय पारित गरिएको समन्वय समितिका सदस्य भाटले बताए । 
जिल्ला सभाले गरेका निर्णयहरु कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले जोड दिए । 

यस्तै कार्यक्रम र निर्णय परम्परागत ढंगबाट नभइ सिर्जनात्मक ढंगबाट गर्नुपर्नेमा समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवरले जोड दिए । 

लामो समयदेखि अलपत्र अवस्थामा रहेको जिससको सभाहल निर्माण कार्य अन्तिम चरणमा पुगेको र सभा हलमै कार्यक्रम गर्न पाउँदा यसलाई उपलब्धीको रुपमा लिएका समन्वय समिति सदस्य भाटले बताए । 

जिसस सभा हल निर्माण नगर्ने निर्माण कम्पनीलाई कारवाहीको पहल गरी नयाँ निर्माण व्यवसायीमार्फत सभा हल निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको सदस्य भाटले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update