Sagun Khabar
सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना 

काठमाण्डौं –हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिमसहित बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा आज दिउँसो भारी बर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

साथै  सुदूरपश्चिम र कर्णालीका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update