Sagun Khabar
बैतडीबाट भन्सार छलीका सामग्री बरामद 

बैतडी–बैतडीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० बाराकोटस्थित गोठलापानी–झुलाघाट सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ९७५ रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

प्याज, दाल, मिश्री, चिनी, चियापत्ति, मिठाई, नरिवल, अचार, चप्पल, मेहेन्दी, अन्डरबेयर लगायतका भन्सार छलीका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

शनिबार बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालय झुलाघाट पठाइने प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update