Sagun Khabar
पाटनमा १०दिनसम्म शैक्षिक संस्था बन्द हुने

बैतडी १३ बैशाख–
बैतडीको पाटन नगरपालिकाको आकस्मीक सर्वपक्षिय बैठक सम्पन्न भएको छ । कोरोना भाइरसका सक्रमितहरुको संख्या अनपेक्षित रुपले बढ्दै गएपछि यसको रोकथामका लागी बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो । 

निमित्त नगरप्रमुख राजेन्द्रसिंह बिष्ट अध्यक्षतामा बसेको बैठकले बिभिन्न गतिबिधिहरु नियन्त्रणगर्ने निर्णय सार्वजनिक गरेको छ । बैठकले १०दिनका लागी शैक्षिक सस्ंथाहरु र शैक्षिक गतिबिधि बन्दगर्ने निर्णय गरेको छ । यसैगरि नगरपालिकाभित्र तालिम, गोष्टी, सेमिनार, सभा, समारोहहरु आयोजना नगर्ने र बजार तथा कार्यालयहरुबाट सेवा प्रदानगर्ने क्रममा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसकासाथै भारतबाट फर्केका ब्यक्तिहरुलाई १४दिन सम्म अनिवार्य सेल्फ आइसोलेशनमा बस्न वडा कार्यालयहरुलाई आनुरोध गर्ने निर्णय सार्वजनिक गरेको छ । 

यसैबिच पाटन नगरपालिका वडा न. ५लाई लकडाउन गरिएको छ । त्रिपुरेश्वर माध्यमिक बिद्यालयका कक्षा १०मा अध्ययनरत एक बिद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि वडा क्षेत्रलाई लकडाउन गरिएको हो । 

एक हप्तासम्मका लागी एकटोलबाट अर्को टोलमा ओहोरदोहोर गर्न रोक लगाएको वडाअध्यक्ष फुनिसिंह बोहराले बताए । वडाभित्र हुने बिवाह ब्रतबन्ध र कुनैपनि कार्यमा सहभागी हुदाँ अनिवार्य मास्कको प्रयोगगर्न वडा कार्यालयले सबैमा आह्वान गरेको छ । 

एक बिद्यार्थीमा संक्रमण देखिएसंगै अरु ३५ जनाको कंट्याक्ट ट्रेसिङ गरिएको वडाअध्यक्ष बोहराले बताए । आज स्वाव संकलन गरिएका उनिहरुको भने रिपोर्ट आएको छैन् । संक्रमण पुष्टी भएका बिद्यार्थीमा कोरोनाका लक्षण देखिएपछि उपचारका लागी डडेल्धुरा लगेकोमा हिजो संक्रमण पुष्टी भएको बताइएको छ । संक्रमित बिद्यार्थीको डडेल्धुरामा उपचार भैरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update