बैतडीबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी –बैतडीबाट बहु–बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत बैतडीको फैसलाले बहु–बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि फरार रहेका बैतडीको मेलौली नगरपालिका–१ बस्ने ४० वर्षीय सुरेशसिंह बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले आईतबार पाटन नगरपालिका–६ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका बिष्टलाई आज अदालतमा बुझाइने प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ ०९:०५
प्रतिक्रिया दिनुहोस्