Sagun Khabar
बैतडीका थप ३० जनामा कोरोना पुष्टी

बैतडी १३ बैशाख–
बैतडीमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ९८ पुगेको छ । आजमात्रै जिल्लाका थप ३० जनामा संक्रमण पुष्टी भएको छ ।

पिसिआर विधिबाट गरिएको परिक्षणमा २८ जना र एन्टीजेन विधिको परिक्षणबाट २ गरि थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

आज पिसिआर बिधिबाट गरिएको परिक्षणमा दशरथचन्द नगरपालिकाका १८ जना, पाटनका नगरपालिकाका ९जना र सिगास गाउँपालिकाका १जनाका संक्रमण पुष्टी भएको छ ।

यसैगरि एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा दशरथचन्द नगरपालिकाका १ जना र दोगडाकेदार गाउँपालिकाका १जनामा संक्रमण भेटिएको रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएकाले सर्तकताका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । 


 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update