Sagun Khabar
सवारी दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाइ

बैतडी–बैतडीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । ट्राफिक नियम अनुसार सवारी साधन सञ्चालनमा ल्याउन र सवारी दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

जिल्लाका विभिन्न स्थानमा रहेका ट्राफिक प्रहरीपोष्टमा खटिएका प्रहरीहरुले सवारी साधन चेकजाँच गर्ने गरेका हुन् । क्षमताभन्दा बढी यात्रु बोक्ने, मापसे गरेर सवारी साधन चलाउने, लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका कारणले सवारी दुर्घटना हुने भएकाले यस्ता कुराहरुमा रोक लगाउन चेकजाँचमा कडाइ गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

सवारी साधन चेकजाँचका क्रममा चालक तथा सवारी धनीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी समेत दिने गरिएको छ । चालकहरुले मापसे गरे ÷नगरेको एकीन गर्नका लागि ब्रेथलाइजर मेसिनको प्रयोग गर्ने गरिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update