
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा कक्षा ८ को पालिकास्तरीय बोर्ड परीक्षा फागुन २६ गतेदेखि सञ्चालन हुने भएको छ । गाउँ शिक्षा समितिले परीक्षाका लागि केन्द्रहरु तोक्दै फागुन २६ देखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।
गाउँ शिक्षा समितिको निर्णय अनुसार परीक्षा तालिका समेत सार्वजनिक गरिएको छ । यो बर्ष परीक्षाका लागि ८ ओटा केन्द्र तोकिएका शिक्षा शाखा प्रमुख अवस्थीले बताए । शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि कक्षा ८को परीक्षालाई थप व्यवस्थित बनाउन ८ ओटा केन्द्र तोकेर परीक्षा सञ्चालनको तयारी भएको अवस्थीले बताए ।
सुर्नया–१ स्थित उच्चाकोट मावि गुर्केली, सुर्नया २ स्थित वासुदेव मावि लिस्किटा, सुर्नया–३ स्थित भुवनेश्वर मावि गोयली, सुर्नया –४ स्थित राष्ट्रिय मावि फाटीगडा, सुर्नया –५ स्थित रौलेश्वर मावि रामकीबरायल, सुर्नया –६ स्थित सिगास मावि मुसे, सुर्नया ७ स्थित भुवनेश्वर मावि चौथाली र सुर्नया –७ स्थित केदार मावि कठमडालाई केन्द्र तोकिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।
केन्द्र रहेको विद्यालय बाहेकका शिक्षकहरुलाई केन्द्राध्यक्ष तोकिएको छ भने केन्द्रमा परीक्षा सञ्चालन हुने विद्यालयहरुको नामावली समेत प्रकाशन गरिएको छ ।
उच्चाकोट मावि गुर्केली केन्द्रमा उच्चाकोटकै परीक्षार्थी सहभागी हुनेछन् भने त्यहाँ केन्द्राध्यक्ष भने अन्यत्र विद्यालयबाट खटिने शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।
वासुदेव मावि लिस्किटामा नेपाल राष्ट्रिय मावि ग्वानी, वासुदेव मावि लिस्किटा, वासुदेव आवि तडीगाउँ र केदार आवि सल्लाघारीका परीक्षार्थी सहभागी हुनेछन् ।
यस्तै भुवनेश्वर मावि गोयली केन्द्रमा भुवनेश्वर माविका साथै विश्वेश्वर आवि बाँसका परीक्षर्थी सहभागी हुने बताइएको छ ।
यस्तै राष्ट्रि मावि फाटीगडा केन्द्रमा फाटीगडाका साथै उदयदेव मावि पालीडा र पञ्चदेव आवि डबरालीका परीक्षार्थीहरु सहभागी हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।
यस्तै रौलेश्वर मावि रामकीबरायल केन्द्रमा रौलेश्वर माविका साथै सिद्धनाथ आधारभूत विद्यालय धुलिधारका परीक्षार्थीहरु सहभागी हुनेछन् ।
यस्तै सिगास मावि मुसेमा सिगास माविका साथै गलिनाथ आवि चौकाका परीक्षार्थीहरु सहभागी हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । शंकर संस्कृत मावि मूलखटाली र भुवनेश्वर मावि चौथालीको केन्द्र भुवनेश्वर मावि चौथालीमा तोकिएको छ ।
केदार मावि कठमडा,कैलपाल मावि झाडबो र भूमीराज मावि ढोलेको परीक्षाकेन्द्र केदार मावि कठमडामा तोकिएको गाउँपालिकाले जनाएको छ ।