Sagun Khabar
राप्रपाले काठमाडौं महानगरलाई एक लाख रुपैयाँ जरिवाना बुझायो

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।

गत आइतबार काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फैलाएको र विरुवामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई जरिवाना तोकेको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्र फोहोर बनेको र भौतिक संरचनामा असर पुगेको भन्दै महानगरले कारबाहीस्वरूप पार्टीलाई जरिवाना तिर्न निर्देशन दिएको थियो।

प्रारम्भमा राप्रपाले जरिवाना नतिर्ने भन्दै सार्वजनिक रूपमा असहमति जनाएको थियो। तर चौतर्फी आलोचना पछि अन्ततः पार्टीले जरिवाना बुझाएको हो।

IMG-20250310-WA0001-1741594366-1741600984.jpg


 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update