Sagun Khabar
सभापति देउवाद्वारा बैतडी– काठमाडौं सम्पर्क समितिको भित्तेपात्रो विमोचन

काठमाण्डौं –नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस बैतडी – काठमाडौं उपत्यका सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले भित्तेपात्रो विमोचन गरेका हुन् ।  नेपाली कांग्रेस बैतडी –काठमाडौं उपत्यका सम्पर्क समितिका अध्यक्ष दिवाकर बोहराको अध्यक्षतामा भएको भित्तेपात्रो विमोचन समारोहमा सभापति देउवा प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

बैतडी मूल घर भएका विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली कांग्रेसका शुभचिन्तकहरु सम्पर्क समिति रहेका र सोही समितिले भित्तेपात्रो प्रकाशन गरेको अध्यक्ष बोहराले बताए । 

बैतडी–काठमाण्डौं सम्पर्क समितिले आफ्नो क्रियाशिलतामा भित्तेपात्रो प्रकाशन गरेको र यसले भेटघाट गर्ने अवसर मिलेकोमा सभापति देउवाले धन्यवाद व्यक्त गरेका छन् । 

भित्तेपात्रो विमोचन कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सांसद शिवराज भट्ट, महासमिति सदस्य उत्तरबहादुर ऐर, भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेय, नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति संयोजक पदमराज जोशी, नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी, नेपाली कांग्रेस क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, नेविसंघका नेता रामचन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो । 

भित्तेपात्रो कार्यक्रममा बैतडी – काठमाडौं उपत्यका सम्पर्क समितिका अध्यक्ष दिवाकर बोहराले समितिले बैतडीबासीहरुलाई राजधानीसंग जोड्ने काम गरिरहेको बताए । लोकतान्त्रिक विचारधारा भएका व्यक्तिहरुलाई एकताबद्ध गर्न समिति सक्रिय रहेको उनले बताए । भित्तेपात्रो विमोचन कार्यक्रममा केन्द्रीय सभापति देउवाले समय दिएकोमा समितिका तर्फबाट धन्यवाद ज्ञापन गरिएको अध्यक्ष बोहराले बताए । 

भित्तेपात्रोमा बैतडीका धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा सचित्र जानकारी दिइएको अध्यक्ष बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update