Sagun Khabar
शिवनाथमा गाउँपालिकास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन 

बैतडीको शिवनाथ गाउँपालिकामा तेश्रो गाउँपालिकास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षतामा भएको प्रतियोगिता समुद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट प्रमुख अतिथी रहनु भएको थियो ।

प्रतियोगिता उद्दघाटन समारोहमा मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझा, शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्द, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी लगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ । ६ महिला टीम र ६ पुरुष टीमले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टीमलाई २५ हजार नगद पुरस्कार, दोश्रो हुने टीमलाई नगद १५ हजार र तेश्रो हुने टीमलाई नगद १० हजार पुरस्कार वितरण गरिने अध्यक्ष साउँदले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको शिवनाथ गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update