एसईईको नतिजा सार्वजनिक 
                        
                        
                                                
                                            
                                                                    काठमाण्डौं –माध्यमिक परीक्षा (एसइई)–२०८१ को नतिजा सार्वजनिक भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो ।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन् । ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । 
एसइई गत चैतमा भएको थियो । 
 
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
