Sagun Khabar
टेरामक्स खरिद भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा  पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

हिजो विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई अदालतले धरौटी माग गरेको हो । गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका बस्नेतसँग तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरिएको छ ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको कसूरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update