
शिर्षक - म जवान भैसके, पुन्टे किन भन्नु हुन्छ?
म जवान भैसके, पुन्टे किन भन्नु हुन्छ?
नयनमा नमी, ओठमा ज्वाला बग्न थालिसक्यो, मनको कान्तारमा तिमीझैँ स्वर लरित घन्किन थालिसक्यो ।
अनि त,
अब म पुन्टे होइन, प्रेमको पूर्णिमा भैसके !
देहको बारीमा तिमीले रोपेका स्पर्शहरू फुलेका छन । तिम्रो नजरको न्यानोपनले मलाई पकाएको छ । शिरदेखि पाउसम्म जुरुक्क काँपिने, त्यो पहिलो चुम्बन… हरेक साँझ दोहोरिन्छ भित्रभित्रै किन ?
तिमी अझै भन्छौ, म बच्चै छु रे ?
अनि ती रात - जब तिम्रो उरुमा टाउको टेक्थें, र तिमी मेरा कपालमा औँला खेलाउँथ्यौ, त्यो ममतामात्रै थियो त?
कि कुनै भूगोलको सीमाना नाघ्ने रहर?
म जवान भैसके !
हेर,
अब लाजले मुख लुकाउँदिन तिमीलाई हेर्न डराउँदिन । स्पर्शलाई कल्पनाको किताबमा राखेर सन्तोष मान्न सक्दिन म अब !
तिमीले बनाएको पुन्टे, आज पुरुष बनेको छु ।
चुम्बनको स्वाद चिनेको छु, स्पर्शको भूखमा रात जलाएको छु । र, ती अर्ध .... कल्पनामा तिमी नै त थियौ ।
किन अब मुख फेर्ने?
अब भने, तिम्रा ओठका वाक्यहरूलाई अंगालोमा लपेट्न चाहन्छु । शरीरको भाषा पढ्न दिनेछु अनि बन्ने छ । मन र मांसको घर्षणले संगीत ! अनि त्यो संगीतमा, तिमी पनि भिज्न चाहन्छौ…
मलाई थाहा छ।
त्यसैले म भन्छु - अब नभन “पुन्टे” भनेर, म जवान भैसके ! प्रेमका सबै रंग, सबै रुप चाख्न तयार छु । तिमीले खसाल्ने एउटा नजरमै पग्लिन, अनि काखमा राख्न तयार छु।
नोट : यो एक काल्पनिक साहित्य विद्याको कामुक लेख हो । थप,गोविन्दको कलमबाट क्रमश