Sagun Khabar
कथा संग्रह ‘हमरी बातै’ विमोचन 

बैतडी–सिर्जनात्मक कथा संग्रह ‘हमरी बातै’ आइतबार विमोचन गरिएको छ । 

बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण मावि पाटनका विद्यार्थीहरुले लेखेका कथाहरु समेटिएको कथा संग्रह ‘हमरी बातै’ विमोचन गरिएको हो । 

गएको कार्तिकमा मास हिस्टेरियाविरुद्ध सिर्जनात्मक कथा लेखन तालिमपछि सहभागी विद्यार्र्थीहरुले लेखेका कथाहरु उक्त पुस्तकमा समेटिएका संग्रहका सम्पादक महेन्द्र जोशीले बताए । 

उक्त कथा संग्रहमा २४ ओटा अंग्रेजी र २६ ओटा नेपाली भाषाका कथाहरु समावेश गरिएका छन् । उक्त कथा संग्रहको महेन्द्रप्रसाद जोशी, अयुषराज अज्र्याल र पुष्पशरद जोशीले सम्पादन गरेका छन् । 

सिर्जनात्मक कथा संग्रहको विमोचन कार्यक्रममा सहभागी भएका बरिष्ठ बाल साहित्यकार विजयराज आचार्यले विद्यार्थीहरुले लेखेका कथा निकै सिर्जनात्मक रहेका बताए । बालबालिकाहरुलाई सिर्जनात्मक अभ्यास गराउने वातावरणको खाँचो रहेको औंल्याउँदै यस्ता कार्यक्रमहरुले बालबालिकाहरुलाई सहयोग पुग्ने बताए । 

यो क्षेत्रमा रहेका विभिन्न कथाहरुलाई बालबालिकाहरुले निकै मार्मिक हिसाबले लेखेको आचार्यले बताए । 

नेपाल मेड जर्मनीको आर्थिक सहयोगमा उक्त कथा संग्रहको प्रकाशन गरिएको हो । बालबालिकाहरुको सिर्जनात्मक क्षमतालाई प्रष्फुटन गर्न र मासहिस्टेरिया जस्ता समस्याबाट मुक्ति दिलाउन यो कार्य गरिएको जोशीले बताए । 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update