Sagun Khabar
जिल्ला खेलकुद समिति बैतडीको अध्यक्षमा भुपेन्द्र चन्द नियुक्त

बैतडी- जिल्ला खेलकुद समिति बैतडीको अध्यक्ष पदमा भुपेन्द्र चन्दलाइ मनोनयन गरिएको छ । सुदूरपश्चिम प्रदेशका सात जिल्लाका जिल्ला खेलकुद समितिमा नयाँ अध्यक्षहरू मनोनयन गरिएको हो । सामाजिक बिकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । 

परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको छ ।

नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकाल दिइएको छ । यसअघि डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेकाले ती जिल्लाका अध्यक्षहरूको कार्यकाल भने अझै बाँकी रहेको परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update