Sagun Khabar
बैतडीमा मोटरसाइकल दुर्घटना अपडेट: एक जनाको मृत्यु, चार जना घाइते

बैतडी- बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेका प्रहरी निरीक्षक सिंहले बताए ।

जिल्लाको सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा शुक्रबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए ।

श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परि पुर्चाैडी–५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षी हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन ।

घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update