भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त

काठमाण्डौ – राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजै बिहान पदबाट राजीनामा दिएका थिए । ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ १८:३१
प्रतिक्रिया दिनुहोस्