गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

काठमाण्डौ – गण्डकी प्रदेशका पूर्वप्रमुख एवम् नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ वि.संं. २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए ।
वि.सं.२००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् ।
७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । गुरुङका छोरा देश बाहिर रहेकाले भोलि अन्त्येष्टि गरिने भएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ १४:१२
प्रतिक्रिया दिनुहोस्