रवि लामिछानेलाई थुनामै राख्ने आदेश

काठमाण्डौं –रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ ।
लामिछानेको निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई थुनामै पठाउने आदेश गरेको छ ।
उनी सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।
उनले आफूलाई बिगो सकारेर थुनाबाहिरबाट मुद्दा लड्न पाउने गरी आदेशको माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ १९:३८
प्रतिक्रिया दिनुहोस्