Sagun Khabar
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १५ पुग्यो 

काठमाण्डौं –सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १५जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update