Sagun Khabar
सामाजिक सञ्जालमााथि लगाइएको प्रतिबन्ध हटाउन सरकार बाध्य

काठमाण्डौ – जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालेका छन् । सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय बनाएको थियो ।

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदा अनलाइन व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ, विदेशमा रहेका आफन्तसँगको कुराकानी र सूचना आदानप्रदानमा समस्या भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको बिरोधमा युवा पुस्ताले प्रदर्शन गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update