Sagun Khabar
स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले आज राजीनामा दिएका हुन् । 

यसअघि कृषिमन्त्री रामनाथ अधिकारी, खानेपानीमन्त्री प्रदीप यादवले राजीनाको घोषणा गरेका थिए । 

‘जेन जी’ ले हिजो गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको ज्यान गएको थियो । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update