Sagun Khabar
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाण्डौ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन् । सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन् । 

त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौरको शहीद स्मारकमा माल्यार्पण गरेकी थिइन् । जेन–जी आन्दोलनबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । कार्कीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेकी छन् । 

त्यसका लागि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ । यो प्रकृयामा सघाउन जेन–जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइसकेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update