Sagun Khabar
सुनको भाउमा नयाँ रेकर्ड : तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँ 

काठमाण्डौ – आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय २५ रुपैयाँ थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update