Sagun Khabar
निर्वाचनको वातावरण निर्माणमा जुट्न मुख्यमन्त्री शाहको आग्रह 

अछाम –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन् । 

बुधवार अछाममा आयोजित स्थानीय तहका जनप्रतिनिधि र कार्यालय प्रमुखसहित सुरक्षा निकायसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनको वातावरण निर्माणमा जुट्न सबैलाई आग्रह गरेका हुन् । 

मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै उनले राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।

जेनजी आन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउनु रहेको मुख्यमन्त्रीको भनाइ छ । उनले त्यसका लागि सरकारले शान्ति, सुव्यवस्था कायम गरेर जनतालाई सुरक्षाको प्रत्याभूति गराउनु पर्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update