सुदूरपश्चिम राेयल्सलाई हराउँदै विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे क्वालिफायरमा प्रवेश गरेकाे छ । सुदूरपश्चिमले दिएकाे १ सय ४८ रनकाे लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गाेर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेकाे हाे ।
विराटनगरका साम हिजलेटले ५१, फाफ डु प्लेसिसले ५०, मार्टिन गप्टिलले २२ रन बनाए । सुदूरपश्चिमका अविनाश बाेहराले २ विकेट लिए । प्रतियाेगितामा सुदूरपश्चिमकाे याे पहिलाे हार हाे । अब एनपीएलकाे पहिलाे क्वालिफायरमा शीर्ष स्थानमा रहेकाे सुदूरपश्चिम र दाेस्राे स्थानमा रहेकाे विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
यस्तै इलिमिनेटरमा तेस्राे स्थानकाे काठमान्डु र चाैथाे स्थानकाे लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलाे क्वालिफायरमा विजयी हुने टाेली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टाेलीले दाेस्राे क्वालिफायरमा इलिमिनेटरकाे विजेतासँग खेल्नेछ ।
इलिमिनेटरमा विजयी हुने टाेली दाेस्राे क्वालिफायरमा पुग्नेछ भने हार्ने टाेलीकाे यात्रा समाप्त हुनेछ । यस्तै एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे ४ बजे चितवन राइनाेज र पाेखरा एभेन्जर्स खेल्दैछन् ।
एनपीएल लिग चरणकाे अन्तिम खेलमा भाेलि दिउँसाे साढे ३ बजे जनकपुर बाेल्ट्स र कर्णाली याक्स खेल्नेछन् । गएकाे मङ्सिर १ देखि शुरू भएकाे दाेस्राे संस्करणकाे एनपीएलकाे फाइनल खेल यही २७ गते हुनेछ । प्रतियाेगितमा ८ वटा टाेली सहभागी छन् ।




