राष्ट्रपतिद्वारा चुनावसम्बन्धी अध्यादेश जारी
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गरेका छन् । संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ १८:३८
प्रतिक्रिया दिनुहोस्




