Sagun Khabar
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रूपमा भेट गरेका छन्  । 

उनीहरूबीच आउँदो चुनावका साथै समसामयिक विषयमा छलफल भइरहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

नवयुवा आन्दोलनपछि उनीहरुबीच भएको यो पहिलो भेट हो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update