सुन-चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोलाको २ लाख ६७ हजार ५०० कायम भएको छ।
अघिल्लो दिन बुधबार एक तोला सुनको मूल्य २ लाख ६८ हजार १०० पुगेको थियो।
यस्तै चाँदी बुधबारको तुलनामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ४०० मा झरेको छ। बुधबार सोही परिमाणको चाँदी ४ हजार ४२० रुपैयाँ पुगेको थियो।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ १४:१८
प्रतिक्रिया दिनुहोस्




