सुन तोलाको ३ लाख ९ हजार रुपैयाँ नाघ्यो
सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ १४:३४
प्रतिक्रिया दिनुहोस्




