Sagun Khabar
देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै

देशभर विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अरू शहीदहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै शहीदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवसमा प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदहरूको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update