Sagun Khabar
ड्रोन सञ्चालनमा दार्चुला प्रशासनले रोक लगायो 

दार्चुला –आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर दार्चुला प्रशासनले ड्रोन प्रयोगमा रोक लगाएको छ । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म ड्रोन प्रयोगमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै कसैले सूचनाको अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update