Sagun Khabar
बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भयो 

काठमाण्डौं –बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भएको छ । शेरबहादुर देउवासँग असन्तुष्ट बन्दै कर्ण मल्लको अगुवाइमा स्थापना भएको बीपी कांग्रेस आइतबार कांग्रेसमा समाहित भएको हो । 

आइतबार काठमाडौं ५ र ६ मा भएको संयुक्त सभामा आयोजित कार्यक्रमका बीच बीपी कांग्रेस कांग्रेसमा समाहित भएको हो । कांग्रेस सभापति गगन थापा र बीपी कांग्रेसका सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण टिम नै कांग्रेसमा समायोजन भएको बताइएको छ । बीपी कांग्रेसको डडेल्धुरा, काठमाडौंसहितका जिल्लामा प्रभाव छ । 

बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भएपछि डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई सहज हुने भएको छ । डडेल्धुरामा कर्ण मल्लको प्रभाव रहेको र उनी कांग्रेसमा आएपछि अब सहज हुने अनुमान गरिएको हो । 
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update