Sagun Khabar
देशभर ६० प्रतिशत मत खस्याे : निर्वाचन आयाेग

काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएको मतदानमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।

केहीबेरअघि आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी दिए । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।

यो प्रतिशत यसअघि २०७९ सालको मङ्सिरमा भएको प्रतिनिधिसभा चुनावको भन्दा कम हो । त्यो वर्ष ६१ दशमलव ६३ प्रतिशत मतदान भएको थियो ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतपेटिका सङ्कलन गर्ने काम शुरू भएको आयोगले जनाएको छ । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए ।

आज सम्पन्न भएको चुनावबाट २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ जना सांसद निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update