Sagun Khabar
दार्चुलामा चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी 

दार्चुला –प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम खलंगा ल्याउने काम भइरहेको छ ।

अपिहिमाल गाउँपालिकाका सितोला, पाथा, सिती र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी खलंगा ल्याइँदै छ । त्यस्तै, नागु क्षेत्रको मतपेटिका पनि खलंगा ल्याउने क्रममा रहेको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगेपछि सर्वदलीय बैठक बस्नेछ। बैठकपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

सबै मतपेटिका संकलन भइसकेपछि आज दिउँसोसम्म मतगणना प्रक्रिया अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update