Sagun Khabar
झापा–५ मा बालेन शाह विजयी, केपी ओली झन्डै ५० हजार मतान्तरले पराजित

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी भएका छन् । 

आज सम्पन्न भएको मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी भएका हुन् ।  बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् । 

बालेन शाह प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।  यसअघि यही चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाकै सोविता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी भएकी थिइन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update