Sagun Khabar
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी 

दार्चुला –दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भए ।

उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत ल्याएका छन् । रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए ।

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ जना चुनावी मैदानमा रहेका थिए । दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । यहाँ ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update