Sagun Khabar
कांग्रेस सभापति थापाद्वारा राजीनामा

काठमाण्डौ – चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । 

उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन । सभापति थापाको राजीनामासँगै चुनावको समीक्षाबारे भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

थापा गएको पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए । चुनावमा सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा पराजित भएका थिए । पार्टी र आफैंले समेत चुनावमा पराजय भोगेपछि सभापति थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गरेका थिए । 

भोलि बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । चुनावपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनात्मक कमीकमजोरी लगायतका विषयमा समीक्षा गर्ने कांग्रेसको तयारी छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update