Sagun Khabar
सुनको भाउ लगातार घट्दै 

काठमाण्डौ – सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ लगातार पाँच कारोबार दिन घटेको हो । मङ्गलवार तोलाको ३ लाख ९ हजार ९०० रहेको सुनको भाउ बुधवार २ हजार २०० रुपैयाँले घटेको थियो । यस्तै सुनको भाउ बिहीवार ५ हजार ४००, शुक्रवार ७ हजार ८०० र हिजो आइतवार १२ हजार ५०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि लगातार पाँच कारोबार दिनयता घटेको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update