Sagun Khabar
जन्मदिनको अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका ७ भवनेका का अम्मरराज जोशीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । 

पुर्चौंडी नगरपालिकामा कार्यरत जोशीले आफूले अध्ययन गरेको डिलेश्वरी नमूना माविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण हुन् । 

सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सम्मानस्वरुपले आफूले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका जोशीले बताए । 

विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र कक्षामा प्रथम हुने कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । 

यस्तै छात्र तथा छात्रा भलिबल टोलीका लागि एक÷एक थान भलिबल विद्यालयलाई प्रदान गरिएको जोशीले बताए । 

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई केही सहयोग होस भनेर शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको जोशीले बताए । 

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्रै सीमित नराखी शिक्षा र खेलकुद क्षेत्रमा गरिएको सहयोगले अरुलाई समेत प्रेरणा मिल्ने विद्यालयले जनाएको छ । 

जोशी विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update