जन्मदिनमा शैक्षिक सामग्री वितरण
बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पुर्चौंडी नगरपालिका–७ असुरकेली घर भइ हाल धनगढी बस्दै आएका शेरसिंह साउँदले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत साहराविहिन बालबालिका र विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले बताए ।
जन्मदिनको अवसर पारेर विद्यालयका विद्यार्थीहरुलाई कापी कलम वितरण गरेका साउँदले अन्य खर्च गर्नुभन्दा शैक्षिक सामग्री सहयोग गरेको बताए ।
जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई हौसला पुग्ने कार्यक्रम गरेकोमा विद्यालयकातर्फबाट साउँदलाई धन्यवाद ज्ञापन गरिएको प्रधानाध्यापक नागरीले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ १५:४०
प्रतिक्रिया दिनुहोस्





