Sagun Khabar
पाटन–१० पूर्ण खोप सुनिश्चित वडा घोषणा 

बैतडी–बैतडीको पाटन नगरपालिका–१० लाई आज एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । 

पूर्ण खोप सुनिश्चित वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको सिद्धपुर स्वास्थ्यचौकीकी अनमी मिना महराले बताइन् । 

वडाभरीका खोप पाउनुपर्ने उमेरका सबै १ सय ४७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारको खोप पाएको एकीन भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । 

पूर्ण खोप वडा सुनिश्चित घोषणाका लागि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अनमी मिना महरालाई सम्मान गरिएको छ । यस्तै वडाभरीका ११ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको जनाइएको छ । 

पूर्ण खोप सुनिश्चित वडा घोषणाका लागि खटिने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरिएको वडा अध्यक्ष धनबहादुर कुँवरले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update