Sagun Khabar
बैतडीमा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 

बैतडी–बैतडीमा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ । जातीय भेदभाव अन्त्य गर्नका लागि पैरवी गर्ने उद्देश्यसहित सदरमुकाममा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको दलित समाज विकास मञ्चका कार्यक्रम संयोजक सुरेश सेरलाले बताए । 

दलित समाज विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

समाजका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले जातीय छुवाछुत र भेदभाव अन्त्यका लागि सबैले एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

विभिन्न हानिकार प्रथा र प्रचलनका कारण जातीय विभेद र छुवाछुत कायमै रहेकाले यसको अन्त्यका लागि सबैले सक्रिय हुनुपर्नेमा जोड दिइएको कार्यक्रम संयोजक सेरलाले बताए । 

जातीय भेदभाव गरेमा सजाय हुने कानुनी व्यवस्था रहेकाले बनेका कानुनहरुको बारेमा सबैलाई जानकारी गराउनुपर्नेमा समेत जोड दिइएको छ । 

जातीय विभेद समाज विकासको बाधक भएकाले यसको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update